FAQs Complain Problems

संक्षिप्त परिचय

यस नाम्खा गाउँपालिका नेपालकाे संविधान, २०७२ काे धारा २९५  उपधारा(३) बमाेजिम कायम भएका ७५३ स्थानिय तहहरू मध्ये एक स्थानिय तह हाे । याे  कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाकाे सुदुर उत्तर पश्चिम भागमा अवस्थित रहेकाे छ । याे चिनकाे स्वसाशित क्षेत्र तिब्बतसगँ जाेडिएकाे छ । याे क्षेत्रफलका हिसावले नेपालकाे सबैभन्दा ठुलाे गाउँपालिका हाे  जसकाे कुल क्षेत्रफल करिब २४१९.६४ वर्ग कि.मी रहेकाे छ। साविककाे हेप्का, खगालगाउँ, मुचु र लिमी गा.वि.सहरू मिली बनेकाे यस गाउँपालिकामा हाल जम्मा ६ वटा वडाहरू रहेका छन । यसकाे पुर्वमा सिमकाेट गाउँपालिका, पश्चिम र उत्तरमा चिनकाे तिब्बत क्षेत्र र दक्षिणमा बझाङ र बाजुरा जिल्ला रहेका छन । वि.स. २०७८ काे जनगणना अनुसार यस गाउँपालिकामा करिब ३९०० जनसङख्या रहेकाे छ । यहाँ एक मात्र जाति तामाङ(लामा)हरूकाे मात्र वसाेबास रहेकाे छ ।  यिनीहरू बाैद्द धर्म मान्दछन । यस गाउँपालिकाकाे प्रत्येक टाेलहरूमा लामा जातिहरूकाे अास्थाकाे प्रतिक देवता मानिने बाैद्द गुम्बाहरू रहेका छन । यिनीहरूकाे मुख्य चाडपर्व साेनाम ल्हाेसार हाे । यहाँ  उवा, फापर, काेदाे,अालु, चिनाे, कागुनाे, मकै, स्याउ, अाेखर, चुली, खामु जस्ता खाधबालीहरू उत्पादन हुने गर्दछ । यहाँकाे जंगल सल्लाे, धुपी, भाेजपत्रले ढाकेकाे छ । यार्सागुम्बा, च्याउ, उत्तिस, कटुकी, जटामसी अादी जडिबुटीहरू यहाँकाे वन क्षेत्रमा उपलब्ध छन ।

  • केन्द्रः याल्वाङ्ग (साविककाे मुचु गा.वि.सकाे कार्यालय)
  • वडा संख्याः ६                             
  • जनसङ्ख्याः ३५८९                 
  • क्षेत्रफलः २४१९.६४ वर्ग कि.मी.(नेपालकाे सबैभन्दा ठुलाे गाउँपालिका)
  • सिमानाः         पुर्वः सिमकाेट गा.पा               पश्चिमः चिन                   उत्तरःचिन                          दक्षिणः बझाङ र बाजुरा जिल्ला